आजको खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई १ लाख दिने अध्यक्ष यादवको घोषणा

जनकपुरधाम, १८ भदौ । धनुषाका एक पालिका प्रमुखले एसिया कप क्रिकेट प्रतियोगिताको खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुन लागेको नेपाल भारतबिचको खेलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले नेपाली खेलाडीलाई पुरस्कार प्रदान गर्ने गरेका हुन् ।
नेपालको तर्फबाट कुनै खेलाडीले शतक लगाएमा एक लाख र अर्धशतक लगाएमा पचास हजार पुरस्कार दिने अध्यक्ष यादवले घोषणा गरेका छन् ।
त्यस्तै उनले नेपालको कुनै बलरले ह्याट्रिक विकेट लिएमा पचास हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
यो पुरस्कार गाउँपालिका अध्यक्षद्वारा व्यक्तिगत तर्फबाट प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


