सुन तस्करी प्रकरण : गणेश पौडेल र किशोर बस्नेत पक्राउ

काठमाडौं, १३ भदौ । साठी किलो सुन तस्करी प्रकरणका आरोपी किशोर बस्नेत पक्राउ परेका छन्। बस्नेतलाई सिआइबीले भारतबाटै पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
बस्नेतलाई बुधबार पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । राजश्व अनुसन्धान विभागले सुन बरामद गरेपछि बस्नेत भागेर भारत पुगेका थिए ।
यसअघि सिआइबीले भन्सार विभागका कर्मचारी गणेश पौडेललाई पनि प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो । यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।
त्यसमध्ये सातजना चिनियाँ नागरिक छन् । सुन तस्करी प्रकरणमा अहिलेसम्म उनीहरु नै मुख्य संलग्न देखिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


