नेपाल पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधामका शैक्षिक संस्थामा आकस्मिक बिदा

जनकपुरधाम, १३ भदौ । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक बिदा दिएको छ ।
बुधवार दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले बुधवार दिउँसो १ बजे आकस्मिक बिदा दिएको बताए ।
मुल्तान क्रिकेट स्टेडियममा नेपालले पाकिस्तानसँग बुधबार दिउँसो खेल्दै छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


