राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ, ०९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफलका लागि बैठक बसेको हो ।
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


