कोशीमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ : ओली

काठमाडौँ, ०८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दामाथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएका हुन् ।
ओलीले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । मजाले चलाउँछ, एमालेको ४७ होइन ५० भन्दामाथि जान्छ ।’ ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए ।
ओलीले भने, ‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो । पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लंघन हो यो ।’
कुनै बेला हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


