मेरो छायाँ देखेर एमाले सर्वदलीय बैठकमा आएन : नेपाल

काठमाडौँ, ०५ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीर्ण पार्टी भएको आरोप पनि लगाए ।
नेपालले भने, ‘राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए । थाहा छैन मलाई किन हो एमालेका नेताहरू आएनन् । सम्भवतः त्यहाँ माधव नेपालको छायाँ परेको हुनाले होला उहाँहरू आउनु भएन ।’
नेपालले आफूहरूमा त्यस्तो खालको संकीर्णता र सानो चित्त पनि नभएको बताए । आफूहरू सबैको मान राख्दै सबै साझा विषयवस्तुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


