प्रदीप गिरी स्वयं मार्क्सवादी हुनुहुन्थ्यो : भुसाल

काठमाडौँ, ०४ भदौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रदीप गिरिको निधनले देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता भुसालले गिरी सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनले भने, ‘सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने सानोतिनो कुरा होइन, त्यो मान्छे हो, हामीले गुमाएको । नेपालको छोरो सबैभन्दा बौद्धिक क्षमता भएको मानिस हो उहाँ ।’
महासचिव भुसालले गिरि आफू स्वयं माक्र्सवादी भएकाले माक्र्सवादमा देखिएका समस्याको समाधानको लागि भौँतारिइरहने गरेको टिप्पणी गरे । उनमा श्रमजीवीका प्रति निस्वार्थ प्रतिबद्धताबाहेक अरू केही नभएको पनि भुसालले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


