सदन खुलाउन प्रयास जारी छ : सभामुख घिमिरे

काठमाडौं, ०३ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् खुलाउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
आइतबार मुख्य दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेपछि सभामुख घिमिरेले आफ्नोतर्फबाट सदन खुलाउन सक्दो प्रयास गरे पनि दलका नेताहरू गम्भीर नभएको गुनासो गरे ।
घिमिरेले भने, ‘समस्याको समाधान गर्नको लागि दलहरूले वातावरण बनाउनुपर्छ, दलहरूले छलफल गर्नु पर्छ । दलहरूले सहमति खोज्नुपर्छ । दलहरूले निकास दिनुपर्छ । दलहरूले निकास दिनुस् भन्नको लागि मेरो त सक्दो कोसिस गरिराख्या छु ।’
‘सहमति गर चलाउन’ भनेर बारम्बार अनुरोध गर्दा पनि सदन चल्न नदिएको भन्दै उने आक्रोशसमेत पोखे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


