संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन हो : बर्तौला

बुटवल, ०२ भदौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् ।
बुटवलमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध ग¥यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।
संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने बताए ।
बर्तौलाले भने, ‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ । सरकारले संविधान, संसदीय मूल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ, यसै कारण संसद अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’
संसदमा प्रतिपक्षको विशेष अधिकार हुने तर प्रतिपक्षी दलका सांसदहरु बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मूल्यमान्यताको धज्जी उडाएको बर्तौलाले आरोप लगाए ।
सुन तस्करी,ललिता निवास, भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयु लम्बाउने काम गरिरहेको बर्तौलाले आरोप लगाए । बर्तौलाले भने, ‘प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै स्टन्ट गरेर शेरबहादुर देउवा,माधव नेपाल,उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउँदै अघि बढेका छन् । सत्ताको आयू लम्बाउन पुर्वाग्रह साँधेर स्टन्ट गर्ने र धम्काउने हैन, सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न एमालेको चुनौति छ ।’
सरकारको नेतृत्वकर्ता दल र प्रधानमन्त्रीबाट संसदीय मूल्यमान्यता र संविधानमाथि प्रहार हुँदा संसदको ठूलो दल नेपाली कांग्रेस समेत मुकदर्शक बनेको बर्तौलाको तर्क छ ।
सुन तस्करी प्रकरणमा सिआईबीको अनुसन्धान सरकारको दवाव र प्रभावमा परेको घटनाक्रमले देखाएकाले नेकपा एमाले उच्चस्तरीय छानबिन समितिको अडानबाट पछि नहट्ने दोहो¥याउँदै बर्तौलाले संसद अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


