स्थानीय तहको अधिकारमा पनि केन्द्रबाटै निर्देशन दिने मानसकिता छ : विमलेन्द्र निधि

काठमाडौँ, ०२ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए । नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दापनि काँग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति जनाए । उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने बताए ।
उनले भने, ‘लेखिएको अधिकारको प्रयोग केन्द्रिय तहबाट हुनुपर्छ भन्ने अहिले पनि छ । त्यही मानसिकता छ । स्थानीय तह, प्रदेशलाई अधिकार दिइएको छ भनेपनि सिडिओ र एसपीलाई अधिकार दिइएको छ भनेपनि सचिव र आईजीपीले अथवा गृहमन्त्री वा प्रधानमन्त्रीले त्यो अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट अहिले पनि हामी निर्देशित छौँ ।’
नेता निधीले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


