जनकपुरधाम, ३१ साउन । सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) भोला दाहालले बताए । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।

सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेबापत घुस लिइसकेको अवस्थामा उनीहरू राजविराज–३ बाट पक्राउ परेका हुन् ।

आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।