प्रधानमन्त्री दाहालले दिए प्रधानमन्त्री मोदीलाई शुभकामना

काठमाडौँ, ३० साउन । भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना सन्देश पठाउँदै शान्ति, प्रगति र समृद्धिको कामना गरेका हुन् । जवाफमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई धन्यवाद ज्ञापन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


