काठमाडौँ, ३० साउन । अर्थमन्त्री प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरूमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए ।

उनले भने, ‘यो देशमा यसै पनि नकारात्मक कुराहरू लोकप्रिय हुन्छ । गम्भीर काम भइरहेको छ । सिरियस कुरा भइरहेको छ, त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनुपर्छ ।’

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहेको र सबैले सकारात्मक बनेर अघि बढ्नुपर्ने बताए । करको बाटोमा नआएकालाई ट्रयाकमा ल्याउनुपर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ ।