काठमाडौँ, ३० साउन । राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिए ।

सचिवालयले सूचना टाँस गरी राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।