लागूऔषधसहित दुई महिला पक्राउ

जनकपुरधाम, ३० साउन । लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सिरहाको सिरहा नगरपालिका १४ माडर सिरहा सडक खण्डमा प्रहरीले लागूऔषधसहित दुईजना महिलालाई पक्राउ गरेको हो । प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सवार दुईजना महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए।
निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता ९६०० पिस ट्याब्लेट, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाईल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


