माओवादीले गरे प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय

काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको छ ।
साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो ।
माओवादीका एक नेताका अनुसार विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको छ ।
यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको उनको भनाइ छ । स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था गरिएको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


