शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटे डा. यादव

काठमाडौँ, २९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।
नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । उनले भने, ‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं । यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’
कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


