काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।

मन्त्री बस्नेत र संयोजक सिंगरबीच सोमबार स्वास्थ्य मन्त्रालयमा भेटघाटका भएको हो ।

भेटका क्रममा उनीहरुबीच नेपालको स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको थियो । छलफलमा संयोजक हन्नाले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाएकी छन् ।

छलफलमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य जारी रहने सिंगरको प्रतिबद्धताप्रति धन्यवाद दिएका छन् ।