सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक : नेता कोइराला

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक औँल्याएका छन् ।
आइतबार सबेको संसदीय दल बैठकमा कोइलालाले उच्चस्तरीय समिति बनाएर सुन प्रकरणमाथि छानबिन गरिनुपर्ने बताए।
उनले भने, ‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन समातिन्छ र त्यसपछि घटनाहरू पनि हेरौं । सीआइबीलाई छानबिन गर्न किन दिनुप¥यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भन्नुहुन्छ । त्यसैले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ ।’
सुन कुन देशबाट नेपाल भित्रिएको हो र ती देशहरूलाई सरकारले पत्राचार गरेर बुझ्यो कि बुझेन भन्ने कोइरालाको प्रश्न थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेकोबारे पनि सोच्नुपर्ने उनको भनाइ छ ।
कोइरालाले भने, ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो ? त्यतातर्फ पनि सोच्नुपर्छ ।’
यस्तै उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले विवादित व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गरेकोमा पनि विरोध गरे । उनले भने, ‘अपजसको भारी बोक्न चाहँदैनौँ भने ल्यारक्याल लामा जस्ता व्यक्तिहरुलाई अब्जेक्ट गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन । म पनि चिन्छु, सँगै बसेर गफ हुन्छ । तर यसरी नियुक्त गर्दाखेरि पार्टी पनि जोडिएको छ । पार्टीको भविष्य र छविमा प्रश्न उठेको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


