सिरहामा मिटरब्याजी महिला पक्राउ

जनकपुरधाम, २५ साउन । सिरहामा एक मिटरब्याजी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए ।
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लिम्बुले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


