काठमाडौँ, २५ साउन । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडकका दुवै किनारमा करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।