जनकपुरधाम, १९ साउन । धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरी आईईएमआईएसभरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका(४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेशनल एकेडेमी इङलिश बोर्डिङ्ग स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका(८ दिगम्बरपुरका खुसीलाल महतो रहेका छन् ।

महतो सबैला नगरपालिका प्यापसनका अध्यक्ष हुन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

अनुसन्धानकै क्रममा धनुषाधामस्थित एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरिएको प्रहरी निरीक्षक देवकोटाले बताए ।