जनकपुरधामका विद्यालयहरु एक साताका लागि बन्द

जनकपुरधाम, १९ साउन । जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरु एक साताका लागि बन्द भएको छ ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरु एक साताका लागि बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


