सप्तरीमा एक युवकको हत्या,अर्का घाइते

जनकपुर, १२ साउन। सप्तरीमा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको हो ।
उनको शव हिलैहिलोमा आज बिहान फेला परेको हो । उनको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
अजय मण्डल नामका अर्का युवक पनि घाइते अवस्थामा फेला परेका छन् । घाइते युवकको उपचार छिन्नमस्ता अस्पतालमा भइरहेको छ ।
स्थानीयले दुई समूहको ग्यांग फाइटमा सो घटना भएको हुन सक्ने आशंका गरेका छन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


