एउटै नम्बर भएको दुईवटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, ११ साउन । धनुषा प्रहरीले एउटै नम्बर भएको दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदेश २–०१–००३ प ४०२३ नम्बर भएको रातो रंगको १६० सिसिको दुईवटा अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
एउटै नम्बर प्लेटको प्रयोग गरि मोटरसाइकल प्रयोग गर्ने व्यक्तिसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
डीएसपी गौतमले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


