काठमाडौँ, ११ साउन। नेपाल प्रहरीले जफत भएका, बरामद भएका तथा बेवारिसे भेटिएका हातहतियार नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट कानुन बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका तथा बेवारिसे भरुवा बन्दुक ६,०७४ थान नष्ट गरेको जनाएको छ ।

त्यस्तै बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार नष्ट गरिएको हो ।