काठमाडौँ १० साउन ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसदमा नाराबाजी गरेको हो ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरू वेल घेराउमा गएर नाराबाजीमा उत्रिएका हुन् ।

सांसदहरूले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले साउन १५ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।