जनकपुरधाम, ६ साउन । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगज्जा क्षेत्रमा एक महिलाको शव फेला परेको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगज्जा क्षेत्रमा शनिबार राति गोली हानेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

अन्दाजी ३५ वर्षीय मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनास्थलमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का स्वयं पुगेर अनुसन्धान सुरू गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको उनले बताए ।

सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान सुरू गरिएको एसपी खड्काले जानकारी दिएका छन् । महिलाको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको उनले बताए ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।