जग्गा पास गराइदिन्छु भनी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं, २२ असार । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्ने जग्गा पास गराइदिन्छु भनी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ बस्ने ५२ वर्षीय प्रफुल्ल भन्ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका–२९ नै बस्ने २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।
उनीहरुलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्ने भन्दै व्यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक–पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


