जनकपुरधाम, २२ असार । सर्लाही प्रहरीले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ५ घुर्कौली बस्ने ३५ वर्षीय राम भरोश महतो भन्ने अर्जुन महतो रहेका छन् ।

घरायसी विवादका कारण अर्जुनले शुक्रबार दिउँसो २८ वर्षीया श्रीमती नैन कुमारी महतोलाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।

महतोले नैन कुमारीको घाँटिमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।