सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक युवकको मृत्यु

सर्लाही, १९ असार । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका–२ बस्ने २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ ।
ट्रकका चालक बाराको निजगढ नगरपालिका–६ बस्ने ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–७ मा भुँसा लोड गरि गइरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।
मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
मृतक मुखियाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


