सप्तरीमा चट्याङ लागेर एकजनाको मृत्यु

सप्तरी, १८ असार । सप्तरीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बर्षासँगै आएको चट्याङले खडक नगरपालिका–१० बेलहा बस्ने ४७ वर्षीय उमाकान्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


