काठमाडौं, १६ असार । भक्तपुरमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा शनिबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।