बर्दिया, १६ असार । इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार भएका दुईजना कैदी पक्राउ परेका छन् ।

शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली शनिबार विहान पौने १ बजे पक्राउ परेका हुन् ।

उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।