नासुलाई हातपात गरेको आरोपमा अधिवक्ता पक्राउ

ललितपुर, १४ असार । ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा एकजना अधिवक्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अधिवक्ता अमिर लामिछाने रहेका छन् ।
कार्यकक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


