जनकपुरधाम, १३ असार । मुक्तिनाथ विकास बैंकले गोगल प्रसाद नमूना माध्यमिक विद्यालय बसहियाका ‘प्लस टु’ मा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यवसायीक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत बैंकले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।

छात्रावृत्ति प्रदान गर्दै मुक्तिनाथ बिकास बैंकका क्षेत्रीय प्रबन्धक प्रभास झाले श्रृजनात्मक रुपमा अध्ययनलाई अगाडि बढाउन विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए । सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमापनि सशक्त ढंगबाट यस्ता कार्यक्रम अगाडि बढाउने योजना रहेको उनले सुनाए । यसअघि बैंकले मंगलबार प्रादेशिक अस्पताल जनकपुरधामलाई ह्विल चेयर प्रदान गरेको थियो ।