मुक्तिनाथ विकास बैंकद्वारा प्रादेशिक अस्पताललाई सहयोगस्वरुप व्हीलचेयर हस्तान्तरण

जनकपुरधाम, १२ असार । मुक्तिनाथ विकास बैंकले प्रादेशिक अस्पताल जनकपुरधामलाई सहयोगस्वरुप व्हीलचेयर हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । आफ्नो नाफाको केही अंश समाजका लागि योगदान गर्नुपर्छ भन्ने अवधारणाले मुक्तिनाथ विकास बैंकले प्रादेशिक अस्पताल जनकपुरधामलाई सहयोगस्वरुप व्हीलचेयर प्रदान गरेको छ ।
मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक प्रभास झाले अस्पताललाई सो व्हीलचेयर हस्तान्तरण गरेका हुन् ।

व्हीलचेयर हस्तान्तरण गर्दै क्षेत्रीय प्रबन्धक झाले भने, ‘कुनैपनि व्यवसायिक क्रियाकलापको आधारभूमि समाज हो । समाजबाटै व्यवसाय सिर्जना हुन्छ र विकसित हुन्छ । व्यवसायको सफलता तथा असफलता, घाटा तथा नाफा सबै समाजरूपी वर्तनबाटै व्यवसायरूपी दीप जल्दछ । समाजका व्यक्तिहरूले नै हरेक व्यवसायलाई सफल बनाउँछन् । व्यवसायिक सफलताको आधारभूमि समाज भएपछि समाजप्रति पनि कम्पनीको कुनै न कुनै दायित्व वा कर्तव्य हुन आउँछ सो अन्तर्गत आफ्नो नाफाको केही अंश समाजका लागि योगदान गर्नुपर्छ भन्ने अवधारणाले संस्थागत सामाजिक उत्तरदायित्वलाई जनाउँछ’
सोही अवधारणालाई आत्मसात गर्दै मंगलबार एक कार्यक्रमका बिच मुक्तिनाथ विकास बैंकले प्रादेशिक अस्पताललाई व्हीलचेयर हस्तान्तरण गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


