काठमाडौं, १२ असार । नेपाल सरकारले असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (इद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।