काठमाडौं, ११ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथबाट झण्डै ९ किलो चरेश बरामद भएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले बताए ।

उनका अनुसार कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको काम गर्ने व्यक्तिका रुपमा चिनाएका छन् ।

प्रहरीका अनुसार उनको लगेजभित्र फल्सबटम भेटिएको छ, जसमा खैरो रंगको प्लास्किले ¥यापिङ गरेर चरेश लैजान लागिएको अवस्थामा बरामद गरिएको हो ।

उनलाई चरेश विक्री गर्ने व्यक्तिको खोजी भइरहेको ब्यूरोले जनाएको छ ।