इनारमा डुबेर दुईजनाको मृत्यु

काठमाडौं, ११ असार । काठमाडौंमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली घर भई हाल काठमाडौंको बसन्तपुर बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई बसन्तपुरमै बस्दै आएका ३८ वर्षीय दिपेन लिम्बु छन् ।
उनीहरुको सोमबार बिहान साढे ८ बजे काठमाडौं महानगरपालिका वडा नम्बर–११ अरनिको मार्गस्थित इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी तान्ने मोटर निकाल्न गएको बेला सुरुमा दिपेन इनारमा डुबेका थिए । पछि उनलाई बचाउन जाँदा दिपेशको पनि मृत्यु भएको स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


