खानेपानी कार्यालय सिरहाका सुरक्षागार्डको हत्या

सिरहा, ११ असार । खानेपानी कार्यालय सिरहामा कार्यरत एक सुरक्षागार्डको हत्या भएको छ ।
जिल्लाको मिर्चैयास्थित साना शहरी खानेपानी तथा सरसफाइ कार्यालयमा सुरक्षागार्डको रुपमा कार्यरत मिर्चैया नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।
रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडी लिन जाँदा सोमबार बिहान कार्यालय परिसरमा रक्ताम्य अवस्थामा कुर्मीलाई देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा कुर्मीको मृत्यु भइसकेको थियो ।
राय ८ महिनादेखि सो संस्थामा कार्यरत थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


