रौतहट, ११ असार । रौतहट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय विवेक गुरो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिहापुरबाट लागुऔषध ब्राउन सुगरसहित गुरोलाई पक्राउ गरिएको डीएसपी कोइरालाले जानकारी दिए ।

प्रहरीले चेकजाँच गर्ने क्रममा गुरोले शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद भएको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।