जनकपुरधाम, ७ असार । जनकपुरधाममा खाल्डो खनेर गाडेको अवस्थामा एकजनाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित इस्कन मन्दिर नजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार दिउँसो शव फेला परेको हो ।

स्थानीयबासीले दिएको जानकारीका आधारमा प्रहरीको टोली घटनास्थल पुग्दा बोरामा बाँधेर खाल्डो खनि गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।शवको पहिचान खुल्न नसकेको र हत्या पछि शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीले डोजरको सहायताले शवको उत्खनन गरिरहेकोले विस्तृत विवरण केहिबेरपछि उपलब्ध गराउने जनाएको छ ।