लघुवित्त पीडितद्वारा सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहा, ७ असार । लघुवित्त पीडितहरुले सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । जिल्लाको लहान नगरपालिकास्थित बलान पुल नजिकै बिहीबार बिहान सडक अवरुद्ध गरेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
लघुवित्त संस्था खारेज गर, लघुवित्त पीडितहरुको ऋण मिनाहा गर लगायतका नारा लगाउँदै उनीहरुले पूर्णरुपमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले आफूहरुले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागी मन्दिरा लामाले बताइन् ।
‘वृद्धा आमाहरुलाई उनीहरुले ऋण लगानी गर्ने, उहाँहरुले किस्ता तिर्न सक्नु भएन भने तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिएको छ,’ उनले भनिन्, ‘यस्तो ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा उत्रिएका हौं ।’
सवारीसाधनमा तोडफोड गरी क्षति नपुर्याओस् भन्दै व्यापक संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


