जनकपुरधाम, ७ असार । विषालु सर्पले डस्दा धनुषामा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका श्रीलाल महतोकी ५ वर्षीया छोरी सन्ध्या कुमारी महतो छन् ।

घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको थियो ।

बालिकालाई उपचारका लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्र, फुलकुमारी मेमेरियल हस्पिटल लगायतमा लगिएपनि उनको ज्यान जोगिन नसकेको परिवारजनले जनाएको छ ।