सर्लाहीबाट स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुईजना पक्राउ

सर्लाही, ५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र ४० वर्षीय नागेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा मंगलबार बिहान साढे ७ बजे दुबैजनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरको कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्न बनाएको पटुकाभित्र १५ लाख ५० हजार नेपाली तथा चालक चौधरीको साथबाट भारतीय २ हजार ६४० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


