अवैध सट्टेबाजी खेलाएको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

काठमाडौं, ३२ जेठ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्नुका साथै त्यसको विज्ञापन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठसमेत रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले तत्कालका लागि पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ । पक्राउ परेकाहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । कलाकार एवं युट्युबरले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अपरेसन चलाएको छ ।
प्रहरीले बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


