नागरिकता माग्दै माइतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं, ३० जेठ । नागरिकता माग्दै काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता माग्दै सामाजिककर्मी निरज कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
उनले भने, ‘कामतले आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


