महोत्तरी, ३० जेठ । महोत्तरीमा २१ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१० खैरबना बस्ने सोम बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।

ती महिलालाई खैरबनास्थित खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले थिङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।