सर्लाहीमा सर्पले टोक्दा एक बालकको मृत्यु

सर्लाही, २९ जेठ । सर्लाहीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बागमती नगरपालिका–१२ बथाने बस्ने कुमार विकका ४ वर्षीय छोरा सलिन विकको विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
आइतबार राति सानिआमासँग सुतेका बालक राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए ।
मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


